Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

आईसीसी विश्वकप लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै


फाइल तस्बिर

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।

नेपालको रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले कप्तानी गर्नेछन् । पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । सट बलमा नेपाललाई फसाउँदै डच टोलीले १६७ रनमा अल आउट गरेको थियो ।

त्यस खेलमा ४ विकेट लिएका लोगन भान बिक यस पटक टोलीमा छैनन् । उक्त लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो । ७५ बलमा ८ चौका र ४ छक्कासहित ९० रनको इनिङ खेलेका ओपनर म्याक्स ओडाउड नेपालको कन्डिसन बारे जानकार छन् ।

२०२१ को त्रिकोणात्मक टी-२० आई शृङ्खलामा उनले मलेसियाविरुद्द टी.युमा १३३ रनको शतकीय इनिङ खेलेका थिए । बास डि लिडे, म्याक्स ओडाउड, तेजा निडामानिरु, स्कट एडवार्ड्स र विक्रमजित सिंह जस्ता ब्याटरले नेदरल्यान्ड्सको ब्याटिङ मजबुत बनेको छ ।  

नेपाल घरेलु मैदान, कन्डिसन र दर्शकको भरपूर्ण फाइदा उठाउन खोज्नेछ । नेपालले आज पवन सरार्फ र आसिफ शेखलाई बाहिर राख्दै दीपेन्द्रसिंह ऐरी र आरिफ शेखलाई मैदान उत्रर्ने सम्भावना छ ।

गत अक्टोबरमा विश्वकपमा दक्षिण अफ्रिकालाई हराएको नेदरल्यान्ड्सको मनोबल उच्च छ । विश्वकप छनोटमा वेस्टइन्डिजले दिएको ३७५ रनको लक्ष्य टाई गरेको थियो । टस निकै महत्वपूर्ण हुनेछ । बिहानको समयमा ब्याटिङ गर्न सहज मानिंदैन । टस हारेर पहिला ब्याटिङ गर्नुपरे नेपाल सुरुवातमा केही समस्यामा पर्न सक्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट