ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता
काठमाडौ, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको अनौपचारिक छलफलका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार गएका छन् ।
ओलीले छलफलमा प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोलाएका थिए। अध्यादेश फिर्ता नलिइ छलफल गर्न र आजै बोलाइएको संबैधानिक परिषदको बैठकमा देउवाले भाग नलिने अडान लिएका छन्।
आजै साढे ५ बजेका लागि ओलीले संबैधानिक परिषदको बैठक बोलाएका छन्। मंगलवार ल्याएको संवैधानिक परिषदको अध्यादेशको चर्को आलोचना भएपछि ओलीले २४ घण्टा नबित्दै बुधवार फिर्ता लिएका थिए।
संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सांसदहरुको हस्ताक्षर लिएर नेकपाका सांसदहरु शितल निवास पुगेपछि ओली अध्यादेशबाट पछि हटेका थिए। अध्यादेश र संसद आह्वानका लागि गरिएको प्रस्ताव फिर्ता लिने बुधवारको स्थयी कमिटीले निर्णय गरेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #kp oli, #nekapa, #prachanda
प्रतिक्रिया