Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

शहीदहरुको सम्झनामा आजदेखि शहिद सप्ताह शुरु


काठमाण्डौ : आजदेखि शहीद सप्ताह शुरु भएको छ । आजदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरी शहीदहरुको सम्झना गरिने्छ  । १६ गते विशेष कार्यक्रमका साथ शहीद दिवस मनाइन्छ । शहीद सप्ताहको पहिलो दिन आज टेकुको पिपलबोटमा रहेको शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

काठमाण्डौ महानगरपालिकाको शहीद सप्ताह मूल समारोह समितिको आयोजनामा टेकुमा स्मृति सभा हुँदैछ । राणा शासन विरुद्धको आन्दोलनमा वि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपालको पहिलो शहीद भने लखन थापा मगरलाई मानिन्छ । थापा मगरको तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा वि.सं १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट