Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

गण्डकी प्रदेशमा प्रदेश प्रमुख र मन्त्रीको निवासमा बिजुलीको लाइन काटियो


पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ सहित ३ वटा सरकारी निवासमा विद्युत् लाइन काटिएको छ । भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जाली र आन्तरिक मामिला मन्त्रालयको नाममा रहेको निवासको विद्युत् काटिएको छ ।

विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार विद्युत् महसुल समयमा नबुझाएपछि कार्यालयको विद्युत् लाइन काटिएको हो । तीन वटै निवासले २ लाख ५६ हजार भन्दा बढी रकम तिर्न बाँकी छ ।

प्रदेश प्रमुख निवासको ८६ हजार, आन्तरिक मामिला मन्त्रालयको निवासले ७७ हजार तथा भौतिक पूर्वाधार मन्त्रालयको निवासले ९१ हजार रुपैयाँ महसुल तिर्न बाँकी छ । बक्यौता तिरेपछि पुनः लाइन जोडिने केन्द्रले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट