Techie IT
×
गृहपृष्ठसमाचारडेरावालासँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई गृहले कारबाही गर्ने

डेरावालासँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई गृहले कारबाही गर्ने


काठमाण्डौ, १० असार । गाउँबाट काठमाण्डौ उपत्यका भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ ।

डेरामा बस्नेहरु गाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र माग्न थालेको गुनासो बढेपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । घरबेटीले डेराभित्रै छिर्न नदिने गुनासोपछि गृह मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने तयारी गरेको छ ।

साथै गृह मन्त्रालयले डेरावालासँग कोरोनाको प्रमाणपत्र नमागी क्वरेण्टीनमा बस्नेगरी घरबेटीले कोठा उपलब्ध गराइदिनुपर्ने जनाएको छ । कोठा उपलब्ध नगराउने घरबेटीलाई कारबाही गर्ने गरी गृह मन्त्रालयले काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा निर्देशन पठाइसकेको गृहका प्रवक्ता केदारनाथ शर्माले बताए।

साथै बाहिरबाट काठमाण्डौ उपत्यका फर्कनेहरुले कुनै लक्षण नभई पीसीआर परीक्षण गराउन नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एक जिल्लाबाट अर्को जिल्ला जाँदा, काठमाण्डौ प्रवेश गर्दा र केही घरधनीले डेरावालासँग पीसीआर रिपोर्ट मागेको भन्ने सुनिन आएकोले त्यसो नगर्न आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


Leave a Reply

Your email address will not be published. Required fields are marked *