Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

रुपन्देहीको सियारीबाट पेस्तोलसहित एक जना पक्राउ


रुपन्देही, २५ मंसिर ।  सशस्त्र प्रहरी बलले रुपन्देहीको सियारीबाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ। सियारी गाउँपालिका वडा नं। २, च्याङ्था इलाकाबाट स्थानीय बर्ष ४१ को अमेरिका थारु भनिने अजय थारू पक्राउ परेका हुन्।

सशस्त्रको सुरक्षा बेश अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको नौ जनाको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा आइतबार राति पौने ११ बजेतिर थारुलाई पेस्तोलसहित पक्राउ गरेको हो।

थारुको साथबाट अन्दाजी ६ मि.मि. राउण्ड लाग्ने रिभलवर पेस्तोल नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्वर २७ गण रुपन्देहीका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए।

पक्राउ परेका थारुलाई आवश्यक कारवाहीको लागि आईतबार राति नै इलाका प्रहरी कार्यालय छपियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट