Techie IT
  • २०८० फागुन ११, शुक्रबार

विपीन जोशीलाई छुटाउन कतारसँग नेपालको फेरि आग्रह


काठमाडौं । हमासले बन्धक बनाएका भनिएका कञ्चनपुरका विपीन जोशीलाई छुटाउनका लागि पहल गर्न नेपालले फेरि कतारसँग आग्रह गरेको छ ।

हिजोदेखि शुरु भएको २१औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका परराष्ट्रमन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँगको भेटमा जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्री साउदले जोशीको छिटोभन्दा छिटो रिहाइका लागि पहल गरिदिन आग्रह गरेको र कतारी राज्यमन्त्री खुलाइफीले जोशीको रिहाइका लागि लगातार रुपमा लागिरहेको जवाफ दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हमाससँग कतारसँगको सम्बन्ध राम्रो रहेकाले नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन पटकपटक आग्रह गर्दै आएको छ । अघिल्लो हप्ता पनि परराष्ट्रमन्त्री साउदले कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग भेट गरी जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए ।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः शुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास भइरहेको जवाफ दिएका थिए ।

कतार जानुअघि पनि परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी भएको थियो । रिहाइका लागि सरकारले पटकपटक आग्रह गरे पनि जोशीको अवस्था अझै थाहा हुन सकेको छैन ।

इजरायल–हमासबीच यसअघि भएको अस्थायी युद्धविराममा केही बन्दी छाडिए पनि जोशीको रिहाइ भएन । सरकारले आश्वासन मात्रै दिएको भन्दै जोशीका परिवार चिन्तित छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट