Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

कैलालीको गोदावरीमा अटोरिक्सा दुर्घटना हुँदा चालकको मृत्यु


फाइल तस्बिर ।

अत्तरिया (कैलाली), २४ मंसिर । कैलाली को गोदावरीमा अटोरिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–८ स्थित भित्री सडक खण्डमा सुप प्र ०१००१ ह ३४८४ नम्बरको अटोरिक्सा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गोदावरी बस्ने चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सार्कीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ । अटोमा अन्य व्यक्ति भने सवार नरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट