Techie IT
  • २०८० फागुन ११, शुक्रबार

एसीसी यू–१९ एसिया कप क्रिकेटः अफगानिस्तानले नेपाललाई दियो दुई सय ६२ रनको लक्ष्य


काठमाण्डौ, २४ मंसिर । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई दुई सय ६२ रनको लक्ष्य दिएको छ ।

दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ३ बलमा २ सय ६१ रनमा अल आउट भयो । अफगानिस्तानका जम्शिद जद्रानले शतक बनाए । उनी १ सय ५२ बलमा १ सय ६ रन बनाएर रिटायर्ड आउट भए । यस्तै नुमन शाहले ६० रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्शन झा र सुवाश भण्डारीले समान २ विकेट लिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । यस्तै अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा ८ देश सहभागी छन् । नेपाल रहेको समूह ुएु मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ुबीु मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह ुएु को विजेता र समूह ुबीु को उपविजेता तथा समूह ुबीु को विजेता र समूह ुएु को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट