Techie IT
  • २०८० फागुन ११, शुक्रबार

नेपाल सुपर लिग : काठमाडौं रजर्सलाई बुटवलले हरायो


काठमाडौं । नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनी एफसीले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई हराएको छ । शनिबार भएको खेलमा २–१ को जित निकाल्दै बुटवलले काठमाडौंको अपराजित यात्रालाई रोकेको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलले २९औं मिनेटमा स्टेफेन बिनोङको गोलबाट अग्रता लिएको थियो । सरोज तामाङले हानेको फ्रिकक बलमा काठमाडौंका गोलकिपर अभिषेक बरालले केही अगाडि बढेर पञ्च गरेका थिए ।

तर पूर्ण रुपमा क्लियर नभएको बलमा जिलेस्पी जंग कार्कीले फितलो प्रहार गरे । त्यो बलमा सिक्स यार्डमा रहेका हानेको बल टचलाइनमा रहेका कुलदीप कार्कीले रोके । रिबाउन्स बल बिनोङकै खुट्टामा लागेर गोलमा परिणत भयो ।

खेलको ६१ औं मिनेटमा एरिक विष्टले अग्रता दोब्बर बनाए । जिलेस्पी जंग कर्कीले दिएको क्रसमा कप्तान विष्टले लेफ्ट फुटेड सट हाने, जुन सहजै गोलमा परिणत भयो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट