Techie IT
×
गृहपृष्ठसमाचारसप्तरीमा आज एकै दिन थपिए १८ संक्रमित

सप्तरीमा आज एकै दिन थपिए १८ संक्रमित


सप्तरी, ९ असार । सप्तरीमा आज एकैदिन एक महिलासहित १८ जना कोरोना संक्रमित थपिएका छन् ।

एकै दिन यति ठूलो संख्यामा जिल्लामा पहिलो पटक संक्रमित फेला परेको हो । यो सँगै जिल्लामा कोराना संक्रमितको संख्या १९५ पुगेको छ । पछिल्लो पटक संक्रमित फेला परेका मध्ये १६ जना तिलाठी कोइलाडी गाउँपालिकाका छन् भने दुई जना हनुमाननगर कंकालिनी नगरपालिकाका हुन् ।

करिब दुई साताअघि भारतका विभिन्न सहरबाट घर फर्केका उनीहरुलाई तिलाठी कोइलाडी गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । संक्रमित मध्ये १६ जनाको परिक्षण रिपोर्ट गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएको अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिए ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका २ जनाको जनकपुरस्थित पिसिआर परिक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्टले पोजेटिभ देखाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताएका छन् । जिल्लामा हालसम्म फेला परेका कुल १९६ संक्रमित मध्ये ७९ जना निको भएर घर फर्किसकेका छन् भने ११६ जना अझै आइसोलेशनमा राखि उपचार कार्य भइरहेको प्रमुख यादवले बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस