Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा


काठमाडौँ, २१ मङ्सिर । अहिले नेपालमा पश्चिमी वायु र छत्तिसगढमा अवस्थित न्यूनचापीय प्रणालीको कारण आंशिक प्रभाव परेको छ । जसका कारण चिसो बढेको छ । 

मौसमविज्ञान विभाग  अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  कर्णाली र सुदूरपश्चिम बाहेकका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले मौसम सफा छ । 

विभागका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले कोशी प्रदेशका सबै भूभाग र मधेस प्रदेशका एक दुई स्थानमा छिटफुट वर्षा भइरहेको छ । यो क्रम बेलुकासम्म नै रहने उनको भनाइ छ । 

कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको उनको भनाइ छ । उनले भने, “अहिले पश्चिमी वायु र भारतको छत्तिसगढमा रहेको न्यूनचापीय प्रणालीले गर्दा नेपालका अधिकांश स्थानमा मौसम बदली भएको छ । आज दिनभर कोशी प्रदेशका सबै भूभागमा र मधेस प्रदेशका एक दुई स्थानमा छिटफुट वर्षा हुने देखिन्छ ।” 

तत्काल  ठुलो पानी पर्ने सम्भावना भने नरहेको उनको भनाइ छ । उपत्यकामा मौसम धुम्म भए पनि वर्षाको सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले बताए। भोलिदेखि भने मौसममा सुधार हुँदै जाने नगरकोटीको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट