Techie IT
  • २६ असोज २०८१, शनिबार
Jhilko

सगरमाथाको उचाई अब ८८४८.८६ मिटर 


काठमाडौ । नेपाल र चीनद्वारा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको मंगलबार घोषणा गरिएको छ ।
यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी सगरमाथाको उचाइ हुन पुगेको हो ।
यसअघि चीनले सगरमाथाको उचाइ ८,८४४ मिटर मात्र रहेको जनाउँदै आएको थियो ।
नेपाल र चीनद्वारा मंगलबार आयोजित संयुक्त कार्यक्रममा सगरमाथाको नयाँ उचाइको घोषणा गरियो ।
नेपाल र चीनका नापी अधिकारीहरूले छुट्टाछुट्टै अध्ययन गरेका थिए । प्राप्त आँकडाहरूलाई संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिइयो । सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय नेपालको मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले गरेको थियो ।
नेपालले आफै सगरमाथाको उचाइ नापेको यो पहिलो पटक हो । सगरमाथापछिको सबैभन्दा अग्लो हिमाल केटुको उचाइ ८,६११ मिटर रहेको छ जुन पाकिस्तान र चीन सीमामा पर्दछ ।

।।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट