Techie IT
  • १ असोज २०८१, मंगलबार
Jhilko

किसान आन्दोलनलाई सहयोग गरेको भनी दिल्लीका मुख्यमन्त्री केजरीवाललाई घरमै नजरबन्द


काठमाडौ । हिन्दु मुसलमानको राजनीति गरेर दोस्रो पदावधिका लागि भारतका नरेन्द्र मोदीले भाजपा नेतृत्वको सरकारलाई नेतृत्व दिन सक्षम भएपनि २० करोड किसान मजदुरले भारतमा प्रदर्शन गरी उनका अगाडि ऐतिहासिक चुनौती थपिदिएका छन ।

मंगलबार आयोजना गरिएको भारत बन्दलाई सहयोग गरेको भनी भारतको राजधानी दिल्ली प्रान्तको सत्ताधारी पार्टी आम आदमी पार्टीका नेता तथा मुख्यमन्त्री अरविन्द केजरीवाललाई नजरबन्द गरिएको छ । आम आदमी पार्टीले प्रेस सम्मेलन गरी संघीय सरकारको गृहमन्त्रालयको आदेश अनुसार मुख्यमन्त्री केजरीवाललाई घरमै नजरबन्द गरिएको जनाएको छ ।

संघीय सरकारले किसानलाई दिलली स्टिेडियममा लगेर बन्द गर्न खोजेको योजनालाई केजरीवाललले इन्कार गरेपछि उनलाई नजरबन्द गरिएको हो ।

आम आदमी पार्टीका नेता केजरीवालले सिंघु बोर्डरमा किसानसँग भेटेर आएदेखि संघीय गृहमन्त्री अमित शाहको आदेशमा नजरबन्द गरिएको सो पार्टीका नेता सञ्जय सिंहले टिवट गरी जनाएका छन ।

मंगलबार भारत बन्दको आह्वान गर्नु अघि बिहीबारको आम हडतालमा देशभर २० करोड किसान मजदुर भाग लिए । कोरोनाभाइरसमा आम्दानी गुमाएका, रोजगारी गुमाएकाहरूको सहभागीता पनि यसमा रहेको छ । बिहीबारको एक दिने आम हडताल भारतका १० ट्रेडयुनियन र २५० किसान संगठनहरूले आह्वान गरेका थिए ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले यो आम हडताललाई जनविरोधी , मजदुर विरोधी, राष्ट्र विरोधी र ध्वंसकारी भएको आरोप लगयोे ।

उनीहरूले किसान विरोधी र मजदुर विरोधी कानुन फिर्ता गर, करमुक्त परिवारहरूको खातामा ७५०० रुपैया भुक्तानी गर, मासिक १० केजी खाद्यान्न गरिब विपन्न परिवारलाई देउ, महात्मा गान्धी राष्ट्रिय ग्रामिण रोजगार प्रत्याभूति कानुन मनरेगाको विस्तार गरी २सय दिनको रोजगार ग्यारन्टी गर र तिनको ज्याला वर्सेनी बृद्धि गर, वित्तीय क्षेत्र सहितका सरकारी प्रतिष्ठानको नीजीकरण बन्दगर ,सबैका लागि पेन्सनको व्यवस्था गर जस्ता माग राखी आम हडतालको आयोजना गरे ।

आम हडतालमा हरेक क्षेत्रका मजदुरहरूको सहभागीता रहेको थियो ।

भारतका कोरोना संक्रमितहरूको संख्या ९२ लाख पुगि सकेको छ । यो विश्वको दोस्रो ठूलो संक्रमित भएको देश हो । भारतमा कोरोनाबाट मर्नेहरूको संख्या १ लाख ३५ हजार नाघि सकेको छ । ठीक यही बेला किसान मजदुरले आन्दोलन शुरू गरेका हुन ।
राष्ट्रिय आमहडताल विथोल्न सरकारले विभिन्न किसिमको हतकण्डा अपनायो ।

बिहीबारको आम हडताल पछि किसानहरूले मंगलबार भारत बन्दको आह्वान गरेका हुन ।
।।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, कृषि, राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट