Techie IT
  • २०८० चैत्र १६, शुक्रबार

इटालीले प्रयोगशालामा उत्पादन हुने कृत्रिम मासुमा प्रतिबन्ध लगायो


काठमाडौं, १० मङ्सिर । इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध लगाएको छ । यससँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ ।

मासु जनावरको हत्याको सट्टा जनावरको कोषहरूको भित्रो खेतीद्वारा उत्पादन गरिन्छ ।  इटालीको संसद्ले महिनौँसम्मको बहसपछि नयाँ कानुन पारित गरेको हो । नियम उल्लङ्घन गरेमा ६० हजार युरो (६५ हजार ८ सय अमेरिकी डलर) सम्म जरिवाना लाग्नसक्छ ।

जर्मनी र स्पेनलगायत अन्य देशहरूले खेती गरिएको मासुको उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धानमा ठुलो लगानी गरिरहेका बेला इटालीले प्रतिबन्ध लगाएको हो । खेती गरिएको मासुलाई हर्मोन र एन्टिबायोटिकको प्रयोगको आवश्यकता पर्दैन ।

यसमा परम्परागत रूपमा पाइने मासुभन्दा कम खर्च हुन्छ । कृषिमन्त्री फ्रान्सेस्को लोलोब्रिगिडाको सामाजिक सञ्जाल पोस्टकाअनुसार यो कदमले इटालीको पाक परम्परा र कृषि क्षेत्रमा रोजगारीको रक्षा गर्ने उद्देश्य राखेको छ । सिन्ह्वारन्यूज एजेन्सी नेपाल



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट