Techie IT
  • २०८० चैत्र १६, शुक्रबार

विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ सार्वजनिक


काठमाडौं, ९ मंसिर । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ सार्वजनिक गरिएको छ । प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार एक कार्यक्रमका बीच लेखक मञ्जुश्री थापा र लेखक विष्णु सापकोटाले उपन्यास विमोचान गरे ।  

सो क्रममा लेखक मञ्जुश्री थापाले उपन्यासमा बौद्धिक तहका युवाहरूको चित्रण रहेको बताइन् । उपन्यासमा प्रेममा हुने भावानात्मक गल्तीलाई पनि चित्रण गरिएको उल्लेख गरिन् । उपन्यास त्रिभुवन विश्वविद्यालयको वातावरणमा घुमेको छ ।

उपन्यासबारे लेखक नारायण वाग्लेले प्रेममा राजनीति र राजनीतिमा प्रेमको चित्रण भएको बताए । उपन्यासका लेखक विष्णु सापकोटाले भने,  ‘मैले उपन्यास लेख्नुपर्ने भएर लेखेको हुँ । मैले सपनामा एक चिज देखें, त्यो चित्र मलाई बारम्बार स्मरणमा आइरह्यो । कथा घट्यो अनि उपन्यास लेखें ।’



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट