Techie IT
  • २०८१ वैशाख १२, बुधबार

बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका पाँच जना कार्यकर्ता पक्राउ


काठमाडौं, ८ मंसिर । बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ परेका छन्। पशुपति खड्का, मणिन्द्र राजभण्डारी लगायत पाँच जनालाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

बल्खुमा बिहीबार झडपका क्रममा प्रदर्शनकारीको ढुंगा लागेर पाँच जना प्रहरी घाइते भएका थिए। उनीहरूको प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

यस्तै २३ जना प्रदर्शनकारी पनि घाइते भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट