Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

युवा संघ र दुर्गा प्रसाईंका समर्थकबीच बल्खुमा झडप


काठमाडौँ, ७ मंसिर । नेकपा (एमाले) को भातृ संगठन युवा संघका कार्यकर्तामाथि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् । काठमाडौंको बल्खु चोकमा मोटरसाइकल र्‍याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेका हुन् ।

झडपका क्रममा युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका सर्वसाधारणका केही मोटरसाइकलमा पनि प्रसाईंका समर्थकले तोडफोड गरेका छन् । प्रसाईंका समर्थकले हमला गरेपछि युवा संघका कार्यकर्तालाई कुलेश्वरतर्फ लागेका छन् । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रसाईं समर्थकलाई बल्खुमै रोकेर राखेको छ ।

दुर्गा प्रसाईंले ऋण मिनाहालगायतका माग राख्दै बल्खुमा विरोध प्रदर्शन गरिरहेका छन् भने युवा संघले त्यसको विरोधमा तीनकुनेमा विरोध गरिरहेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट