Techie IT
  • २०८० मंसिर २५, सोमबार

भूकम्प प्रभावितलाई भारतको चौथो चरणको राहत सामग्री हस्तान्तरण


काठमाडौं । भारतले अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री हस्तान्तरण गरेको छ ।

आज मंगलबार नेपाल आइपुगेका यी राहत सामग्री मंगलबार नै नेपाल सरकारलाई हस्तान्तरण गरियो । नेपाल चिकित्सक संघको माग अनुरुप यी राहत सामग्री उपलब्ध गराएको भारतीय दूतावासले जनाएको छ ।

यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् । 

जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको भारतीय दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने दूतावासको भनाइ छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट