Techie IT
  • २०८० मंसिर २४, आइतबार

धनगढी उपमहानगरपालिकाले निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने


धनगढी, ५ मङ्सिर । कैलालीको धनगढी उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने भएको छ ।

प्रतिस्पर्धात्मक परीक्षाको माध्यमबाट निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने धनगढी उपमहानगरपालिकाले जनाएको छ । सो पालिका र निजी स्रोत शिक्षक सङ्घर्ष समितिबीच भएको छलफलमा सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने सहमति भएको हो ।

त्यसका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले शिक्षक विज्ञापन खोल्ने शिक्षा महाशाखाका प्रमुख नरेन्द्रबहादुर खातीले बताए । उनले शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धात्मक परीक्षाको पाठ्यक्रम बमोजिम विज्ञान गरेर पदपूर्ति गरिने बताए ।

“धनगढी उपमहानगरपालिकाले नगर शिक्षक वा सो सरहको शिक्षक विज्ञान गरेपछि पहिलो चरणमा हाल सामुदायिक विद्यालयमा निजी र आन्तरिक स्रोतबाट तलब सुविधा खानेगरी कार्यरत सबै शिक्षकबीच मात्रै प्रतिस्पर्धा हुनेछ” महाशाखा प्रमुख खातीले भने ।

नगर शिक्षकको परीक्षामा सहभागी हुने निजी स्रोतका शिक्षकको हकमा उमेरहद नलाग्ने धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ । यस्तै, निजी स्रोतका शिक्षकमध्येबाट पदपूर्ति नभएमा वा विषयगत योग्यता नपुगी रिक्त रहेका पदमा खुला प्रतिस्पर्धात्मक परीक्षाबाट पदपूर्ति गरिने जनाइएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट