Techie IT
×
गृहपृष्ठसमाचारशुल्क तिर्न अभिभावकलाई बाध्य बनाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण

शुल्क तिर्न अभिभावकलाई बाध्य बनाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण


काठमाडौँ, ९ असार । विद्यार्थी सङ्गठनहरूले शैक्षिक संस्था बन्द भएको अवधिको शिक्षण शुल्क तिर्न अभिभावकलाई बाध्य बनाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी सङ्घले शैक्षिक संस्था बन्द भएको अवधिको शिक्षण शुल्क तिर्न अभिभावकलाई बाध्य पार्न नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल ध्यान दिन आग्रह गरेका छन् ।

अनेरास्ववियुका संयोजक ऐन महर तथा सहसंयोजक रञ्जित तामाङ र नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले सोमबार विज्ञप्ति जारी गरी दृष्टिकोण सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले सामाजिक दूरी कायम राखेर अभिलेखीकरण गर्ने कार्यमा सहभागी हुन अभिभावकलाई आग्रहसँगै शुल्कको विषयले अग्रता पाएको हो ।

सरकारबाट राहत कार्यक्रम घोषणा नभएको तथा विद्यार्थीबाट शुल्कसमेत नउठेको अवस्थामा शिक्षक तथा कर्मचारीलाई तलब दिन कठिन भएको निजी क्षेत्रका विद्यालयहरूको जिकिर छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस