Techie IT
  • २०८० मंसिर २४, आइतबार

त्रिभुवन विमानस्थलबाट कोकिनसहित भारतीय महिला पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित आज साेमवार एक जना भारतीय महिलालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए । उनले भने, ‘पक्राउ परेकी महिला इथियोपियाबाट गए राति कतारको दोहा हुँदै आज काठमाण्डाै विमानस्थलमा ओर्लिएकी र काठमाडौंबाट भुटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको हो ।’

पक्राउ परेकी महिलाका साथबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको प्रहरी नायब महानिरीक्षक चन्दले बताए ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट