Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

माइतीघरदेखि बानेश्वरसम्म ३० दिनसम्म निषेधित क्षेत्र घाेषणा, ५ जनाभन्दा बढी भेला हुन राेक


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चाेकसम्म निषेधित क्षेत्र घाेषणा गरेकाे छ । आज साेमवार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेका हुन् ।

यही मङ्सिर ७ गते माइतीघरमा एमाले निकट युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका थिए । एकै दिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आदेश जारी गरेको हो ।

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुली बजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको प्रशासनकाे विज्ञप्तिमा उल्लेख छ । याे क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दाेलन वा विराेधका कार्यक्रम गर्न निषेध गरेकाे आदेशमा उल्लेख छ ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट