Techie IT
×
गृहपृष्ठप्रदेशपाल्पा पहिरो अपडेटः ज्यान गुमाउनेको सङ्ख्या ३ पुग्यो

पाल्पा पहिरो अपडेटः ज्यान गुमाउनेको सङ्ख्या ३ पुग्यो


पाल्पा, ८ असार । पहिरोले पुरिँदा पाल्पामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । उपचारको क्रममा तानसेनको युनाइटेड मिसन अस्पतालमा एक पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

पाल्पाबाट रिडी गुल्मी जाँदै गरेको लु १ त १९२८ निर्माण सामाग्री बोक्ने ट्रकमा सवार दुई पुरुषको घटनास्थलमै ज्यान गएको थियो । पहिरोले तानसेन ११ मा पर्ने पाल्पा(रिडी सडक खण्डको लिपिलदेबी मन्दिरको तल सम्मोबारीमा सोमबार बेलुकी चार वटा सवारी साधन बगाएको थियो ।

प्रहरीका अनुसार पहिरोले ट्याङ्करसहित, बोलेरो जीप, मिनी ट्रक र एउटा कार बगाएको हो ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस