Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

अस्ट्रेलियाले पश्चिम नेपालका भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयाेग गर्ने


काठमाडौं । अस्ट्रेलिया सरकारले पश्चिम नेपालमा गएकाे भूकम्पमा परेका पीडितहरूका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अस्ट्रेलियाली डलर (पाँच करोड नौ लाख रुपैयाँ) बराबरको मानवीय सहायता घोषणा गरेको छ ।

नेपालमा रहेकाे अस्ट्रेलियाली राजदूतावासका अनुसार याे सहयोग नेपालमा रहेकाे विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालमा रहेकाे संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ ।

याे सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनःनिर्माणमा सहयोग गर्नेछ ।

नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भनिन्, ‘पश्चिम नेपालमा गएको भूकम्प र त्यसपछि परकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । अस्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ ।’

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट