Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

विश्वकप छनोटमा नेपाल यूएईसँग ४–० गोलले पराजित


काठमाडौं । फिफा विश्वकप सन् २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।

गए राति अल मकतुम स्टेडियममा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग ४–० गाेलले पराजित गर्‍याे । यूएईले पहिलाे हाफमा नै ४ गाेल गर्‍याे । यूएईका लागि कप्तान अली मब्खउटले २ तथा खलिफा मुबारक र फाबियाे लिमाले १/१ गोल गरे ।

यसअघि सन् १९८४ मा भएको एसिया कप छनोटमा नेपाल यूएईसँग ११–० गोलको फराकिलो अन्तरले पराजित भएकाे थियो । नेपालले अब छनोटको दोस्रो खेलमा यमनसँग मङ्सिर ५ गते मङ्गलवार दशरथ रङ्गशालामा खेल्नेछ ।

नेपाल रहेको समूह 'एच' मा यमन, यूएई र बहराइन छन् । दोस्रो चरणका खेलहरू 'होम' एन्ड 'अवे' का आधारमा हुनेछन् । दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुनेछ । ४ टोलीमध्ये शीर्ष २ टोली एसिया कपमा छनोट हुँदै विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् ।

पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ गोलअन्तरले हराएर दोस्रो चरणमा स्थान बनाएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट