Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

नेपाल हङकङसँग नौ विकेटले पराजित, फाइनल पुग्न असफल


काठमाडौं, ३० कात्तिक । चार देशीय महिला टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । यो हारसँगै नेपाल शृङ्खलाको फाइनलमा पुग्न असफल भएको छ । हङकङ र तान्जानिया लगातार २ जितसहित फाइनलमा पुगेका छन् ।

आज बिहीवार भएको खेलमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भयो । नेपालले दिएको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाएर भेटायो । हङकङका लागि नताशा मिल्सले ३० र शनजीन शाहजदले २० रन बनाइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो । नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ हङकङकी इकार सहारले ३ र रुचिथा वेङ्कटेशले २ विकेट लिइन् ।

हिजो बुधवार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि शनिवार जापानसँग खेल्ने छ ।

हङकङमा भैरहेको प्रतियोगितामा आयोजक टोलीसँगै नेपाल, तान्जानिया र जापान छन् । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट