Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

सिन्धुली कारागारमा कैदीको मृत्यु


काठमाडौं । जिल्ला कारागार सिन्धुलीमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका विमल मगर छन् । ३० वर्षीय विमलको शव पोस्टमार्टमका लागी सिन्धुली अस्पतालमा राखिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए ।

भाइटिकाको दिन कारागार परिसरमा देउसी खेलेर उनी सुतेका थिए । राति अचानक उनले छाती दुःखेको अन्य कैदीबन्दीहरुलाई बताएका थिए ।

स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ मा पक्राउ परेका हुन् । सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसपी सिलवालले जानकारी दिए । उनले भने–‘पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गर्छौँ ।’

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट