Techie IT
  • २०८० मंसिर २४, आइतबार

उर्लाबारीमा आगलागीपछि कार विस्फोट हुँदा घाइते भएकामध्ये १० जनालाई काठमाडौं ल्याइयो


मोरङ, २८ कात्तिक । मोरङको उर्लाबारी नगरपालिका–७ मा आगलागीपछि कार विस्फोट हुँदा घाइते भएकामध्ये १० जनालाई मंगलबार काठमाडौं ल्याइएको छ। झापाका विभिन्न अस्पतालमा उपचाररत उनीहरूलाई नेपाली सेनाको विमानमार्फत् थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

नेपाली सेनाको विमानद्वारा चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याइएको नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

गत आइतबार राति साढे १० बजे उर्लाबारी–७ बारगाछीस्थित दीपक काकीको घरमा आगोलागी हुँदा पार्किङमा राखिएको कार विस्फोट भएको थियो।

सो विस्फोटमा परेर ४ जना प्रहरी र २३ जना सर्वसाधरण गम्भीर घाइते भएका छन्। घाइतेमध्ये १४ जनालाई सोमबार नै काठमाडौं ल्याइएको थियो।

उनीहरूको कीर्तिपुरस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट