Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपार्टी माटोको हाँडी होइन कुनै हालतमा फुट्दैन, सरकार परिवर्तन हुन सक्छ : भीम रावल

पार्टी माटोको हाँडी होइन कुनै हालतमा फुट्दैन, सरकार परिवर्तन हुन सक्छ : भीम रावल


कैलाली, ७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने बताएका छन् ।

कैलालीमा पत्रकारहरूसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तर्विरोधका कारण पार्टी नफुट्ने बताए । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका नेता रावलले सरकार भने परिवर्तन हुन सक्ने सङ्केत गरे ।

उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै जनाको पार्टी फुटाउने योजना नरहेको उल्लेख गर्दै पार्टी कुनै माटोको हाँडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने ठोकुवा गरे । नेता रावलले अध्यक्षद्वयले आफ्ना धारणा र विचार प्रतिवेदनका रूपमा बैठकमा प्रस्तुत गरी निर्णय गर्नु राम्रो कुरा भएको बताए ।

कुनै सैद्धान्तिक र नीतिगत मतभेद नभइ कार्यशैली, विधि र विधानका विषयमा मात्रै बहस चलिरहेकाले त्यसले मात्रै पार्टी फुट्ने सम्भावना नरहेको रावलले बताए ।

उनले गएको भदौ २६ गतेको स्थायी कमिटी बैठकले सङ्घीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन हुन आवश्यक रहेको बताए । पार्टी विधि, पद्धति र नागरिकको चाहानाअनुसार चल्न नसक्दा पार्टीभित्र अन्तर्विरोध चर्किएको नेता रावलको भनाइ छ । उनले पार्टी अध्यक्षहरूलाई विधि र प्रणालीअनुसार चल्न पनि आग्रह गरे।


क्याटेगोरी : समाचार
ट्याग : #bhim rawal, #breaking, #nekapa

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!