Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमन्त्रिपरिषद् बैठक : सरकारले बलात्कारविरुद्धको कानुनलाई कडा बनाउने

मन्त्रिपरिषद् बैठक : सरकारले बलात्कारविरुद्धको कानुनलाई कडा बनाउने


काठमाण्डौ, ७ मंसिर । सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्ने सम्बन्धी अध्यादेश पारित गरेको छ ।

अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ । यो अध्यादेश आइतबार नै जारी हुने सम्भावना रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बलात्कारसम्बन्धी कानुनलाई थप कडाइ गर्न कानुन मन्त्रालयले अध्यादेश तयार पारेको हो । महिला अधिकारकर्मीले बलात्कारका घटना लगातार बढिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्दै केही समययता दबाब दिइरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #balatkar, #hot, #mantriparisad

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!