Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशधादिङको गजुरीमा कार र टिप्पर ठोक्किँदा एक जनाको ज्यान गयो

धादिङको गजुरीमा कार र टिप्पर ठोक्किँदा एक जनाको ज्यान गयो


धादिङ, ७ मंसिर । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ गलौदीमा आइतबार बिहान कार र टिप्पर ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

मुग्लिङबाट काठमाण्डौतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिप्पर एक आपसमा ठोकिँदा एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका २४ वर्षीय दिपेश केसी रहेका इलाका प्रहरी कार्यालय गजुरीमा प्रमुख युवराज खड्काले जानकारी दिए ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाण्डौ कलङ्कीका सुधीर सुवेदीको अवस्था गम्भीर रहेको छ। एक जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेको गजुरी अस्पताल सामान्य उपचारपछि काठमाण्डौ ट्रमा सेन्टर पठाइएको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #accident, #dhading

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!