Techie IT
×
गृहपृष्ठसमाचारराप्तीमा पहिलो महिला क्वारेन्टिन

राप्तीमा पहिलो महिला क्वारेन्टिन


जिल्लामा पहिलो पटक महिला र बालबालिकाका लागि राप्ती नगरपालिकाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । राप्ती–६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको हो ।

महिलामैत्री क्वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ति नगरपालिकाले भण्डारा माविमा ५० श्ययाको महिलामैत्री क्वारेन्टिनको व्यवस्था गरेको हो । तत्कालका लागि ३० श्ययाको क्वारेन्टिनको व्यवस्था भए पनि ५० श्यया पु¥याइने नगरपालिका प्रमुख प्रभा बरालले बताए । बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ ।

तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टिनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टिनमा रहेका छन् । तीमध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टिनमा राखिने उनले बताए।

राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टिनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार