Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा एक जनासहित चार सय २१ जना थपिए कोरोना संक्रमित

काठमाडौं उपत्यकामा एक जनासहित चार सय २१ जना थपिए कोरोना संक्रमित


पछिल्लो २४ घण्टामा चार सय २१ जना थपिएसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या नौ हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उपत्यकाको ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका कुल सङ्क्रमितमध्ये आठ सय २० जना महिला र आठ हजार दुई सय ६ जना पुरुष रहेका छन् ।

२४ घण्टामा एक सय ९४ जना कोरोनामुक्त भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या एक हजार सात सय ७२ पुगेको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस