Techie IT
×
गृहपृष्ठसमाचारनियन्त्रित लागूऔषध सहित पक्राउ

नियन्त्रित लागूऔषध सहित पक्राउ


सर्लाही,७ असार । बिष्णु गाउँपालिका(६ चकवा चोकबाट नियन्त्रित लागूऔषध प्रोमिथाजाइन १७ पिस, डाइजेल्याव १७ पिस र नूफिन १७ पिस सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कौडेना गाउँपालिका(१ सुकचैना बस्ने २० वर्षीय बालमिकी महतो र २० वर्षीय सोनु मिश्र रहेका छन् । उक्त स्थानमा सिमा प्रहरी चौकी फेन्हराबाट खटिएको प्रहरीले बा।११ प ३७४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस