Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

वीर अस्पतालमा 'भीआईपी' र 'भीभीआईपी' काे लर्काे लागेको छ : स्वास्थ्यमन्त्री


फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको बताएका छन् ।

आज बिहीवार काठमाण्डौमा भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को चौथो दीक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालमा उपचारका लागि विशिष्ट व्यक्तित्वको लर्को लागेको बताए । उनले वीरमा भीआईपी र भीभीआईपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको बताए । आधारभूत स्वास्थ्य सेवा गरिब, विपन्नका लागि निःशुल्क बनाउन आफू लागिपरेको उनको भनाइ छ ।

उनले भने, ‘नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा गरिब, विपन्नहरुका लागि निःशुल्क र केही हुनेखानेलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरा समेटेको छ । म स्वास्थ्यमन्त्री भएर आएपछि हरेक अस्पतालले गरिब र विपन्नका लागि निःशुल्क उपचार गर्न १० प्रतिशत शय्या छुट्याउने थालनी भएको छ । अहिले वीर अस्पतालको स्तरोन्नति भइरहेको अवस्था छ । म विदेशमा गएर बोल्दा पनि वीर अस्पतालको नाम लिन थालेको छु । वीरमा भीआईपी र भीभीआईपीको उपचार पनि भइरहेको छ । वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको लर्को लागिरहेको छ ।’

स्वास्थ्यमन्त्री बस्नेतले डाक्टर, पारामेडिक्स र नर्सिङको क्षेत्रमा ठूलो जनशक्ति अभाव भइरहेको भन्दै दरबन्दी सिर्जना गरेर जाने सहमति भइसकेको पनि बताए ।


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट