Techie IT
  • २०८० मंसिर २४, आइतबार

धादिङको मलेखुमा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध


धादिङ ।  पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा आज बिहान ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ । काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश ०२–००१ख  ६४१३ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको हो ।

दुर्घटनामा बागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर  ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठको मृत्यु भएको हो ।

उनीहरुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि आक्रोशित मृतकका आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट