Techie IT
×
गृहपृष्ठप्रदेशकुबेतबाट फर्किएर खरिपाटी क्वारेन्टाइनमा बसेका ७ महिलामा कोरोना संक्रमण पुष्टि

कुबेतबाट फर्किएर खरिपाटी क्वारेन्टाइनमा बसेका ७ महिलामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ७ असार । कुबेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेका ७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शनिबार भक्तपुर भनेर जानकारी दिइए पनि संक्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टिनमा बसेका महिला रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

संक्रमित पुष्टि भएका मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला रहेका छन्।

शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश नं १ र २ का १०९ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको थियो।

यसअघि गत बिहीबार खरिपाटी क्वारेन्टिनमा रहेका नवलपुर गैँडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ रहेका सबैको सोही दिन स्वाब संकलन गरिएको थियो।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस