Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि हातपातको प्रयास, आकस्मिक बाहेकका सेवा ठप्प !


सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पतालमै हातपातको प्रयास भएको छ ।

अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचारकै क्रममा सोमवार ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेका जनाइएको छ ।

अस्पताल प्रमुख डा प्रशान्त शाहका अनुसार सोमवार दिउँसो उपचारका लागि आएको भन्दै जाँडरक्सी खाएर गरेर अस्पताल प्रवेश गरेका एक व्यक्तिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपात गर्दै अस्पतालमा समेत तोडफोडको प्रयास गरेका थिए ।

जाँडरक्सी खाएर गरेर गाडी चलाएका कारण दुर्घटनामा परि  उपचारका लागि आएका ती व्यक्तिले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु माथि अपशब्द प्रयोग गर्दै जाइ लागेका अस्पतालले जनाएको छ । उनलाई अस्पतालले सामान्य उपचार पश्चात् प्रहरीको जिम्मा लगाएको अस्पताल प्रमुख डा. शाहले बताए । घटनाको जिल्ला अस्पतालले भर्त्सना गरेको छ ।

सोमवार राति एक विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्दको घोषणा गरेको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऎन २०६६ पहिलो संसोधन ऎन २०७९ बमोजिम दोषीलाई कारबाहीको माग गर्दै दोषी कानुनी दायरामा नआएसम्म अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने विज्ञप्तिमा जनाइएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट