Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक शिक्षकको डेङ्गी सङ्क्रमणबाट मृत्यु


दाङ, १५ असोज । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगी रहेको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए ।

डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो ।

उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले बताए । डाँगी श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट