Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

राप्तीको बाढीमा फसेका ११ जनाको उद्धार


बाँके, ७ असार । राप्ती नदीमा आएको बाढीमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ को सीमामा पर्ने ललहीमा ६ जना र वडा नम्बर २ मा फसेका ५ जना गरी ११ जनाको उद्धार गरिएको हो । सशस्त्र प्रहरी र रेडक्रसबाट तालिमप्राप्त स्वयंसेवकहरुले फसेकाहरुको उद्धार गरेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नदीमा पानीको सतह खतराको संकेतभन्दा तल पुगेको जानकारी दिए ।

हिजो नदीमा पानीको सतह खतराको संकेतमाथि पुगेपछि तटीय क्षेत्रमा सतर्कताका लागि साइरन बजाइएको थियो ।


क्याटेगोरी : प्रदेश, सुदूरपश्चिम प्रदेश, समाचार

प्रतिक्रिया


ताजा अपडेट