Techie IT
×
गृहपृष्ठप्रदेशबाढीले रसुवामा तीनवटा गाडी बगायो

बाढीले रसुवामा तीनवटा गाडी बगायो


रसुवा, ७ असार । बाढीले रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाहको तीनवटा गाडी बगाएको छ ।

कामदार बस्ने अस्थायी भवनमा समेत क्षति पुर्‍याएको छ । आज बिहान ३ बजेतिर आएको बाढीले क्षति पुर्‍याउन थालेपछि कामदारको तत्काल उद्धार गरिएको राजस्व भन्सार गस्ती सुरक्षा बलका सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बताए ।

बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको टिप्पर, जेसिबी र लोडर बगाएको उनले बताए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस