Techie IT
  • २०८१ वैशाख ८, शनिबार

गाँजा बोकेको एम्बुलेन्ससहित चालक पक्राउ


मोरङ, १० असोज । मोरङको विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ।

हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को।१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१।५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद गरेको हो।

लागुऔषध गाँजा बरामद भए सँगै राजन अधिकारी फाउण्डेसन धरानद्वारा सञ्चालित उक्त नम्बरको एम्बुलेन्स र चालक धरान–११ का ३८ वर्षीय गंगा सरकार र सोही स्थानमा रहेको भारतीय नम्बर प्लेट बीआर  ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो।

यसैगरी विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलीले विराटनगर–१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६।५ किलोग्राम गाँजा समेत बरामद गरेको छ।

लागुऔषध गाँजासहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट