Techie IT
  • २०८० चैत्र १६, शुक्रबार

आणविक हतियार निर्मूल गर्न संयुक्त राष्ट्रसंघको आह्वान


काठमाडौं, ९ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार निर्मूल गर्न आह्वान गरेका छन् ।

उनले आणविक हतियारको पूर्ण निर्मूलका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताए । उनले आणविक हतियारको प्रयोग रोक्नका लागि एकमात्र विकल्प त्यसलाई हटाउनुपर्ने जानकारी दिए । मानवीय प्रकोपलाई आणविक हतियार हटाएर मुक्त गर्न सकिने उनले बताए ।

उनले अहिले चिन्ताको विषय हतियारको दौड भएको बताए । उनले आणविक हतियार घटाउँदै लैजानुपर्नेमा झनै बढ्दै गइरहेको बताए । उनले आणविक हतियार धेरै भएका मुलुकलाई निःशस्त्रीकरणको दायित्व पूरा गर्न कुनै पनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिबद्धता गर्न आह्वान गरे । उनले तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कूटनीतिको माध्यम रोज्न आग्रह गरे ।

उनले आणविक हतियार नियन्त्रणका लागि मानिसहरु बढी जिम्मेवार हुनुपर्ने बताए। सिन्ह्वा/न्यूज एजेन्सी नेपाल



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट