Techie IT
×
गृहपृष्ठबिचारगोरखापत्रमा ‘हिँड्ने गोरुको पुच्छर निमोठ्दै’ मन्त्री खतिवडा

गोरखापत्रमा ‘हिँड्ने गोरुको पुच्छर निमोठ्दै’ मन्त्री खतिवडा


काठमाडौं, ६ असार। गोरखापत्र संस्थानका विज्ञ सल्लाहकार टीकाराम राईले फेसबुकमा लेखेका छन्, ‘गर्वका साथ भनिन्छ, गोरखापत्रमा परिणाम ल्याइयो। पुच्चछर लुकाएर हिंडिन्न, अन्याय गरे अदालत छँदैछ।’

संस्थानलाई आत्मनिर्भरमा उभ्याउन खोजेको, संस्थानको रकम कागज खरिदमा हिनामिना हुन नदिएको, कामचोर प्रबृत्तिका कर्मचारीलाई समयसँगै पथ परेजमा ल्याउन खोजेको सञ्चारमन्त्री समेत रहेका अर्थमन्त्री युवराज खतिवडालाई मन परेको छैन र गलत सल्लाहकारले कान फुकिदिएकोमा सही थाप्दै राईलाई बर्खास्त गर्ने तयारी गरिरहेको श्रोतले झिल्कोलाई बतायो ।

गोरखापत्र संस्थानमा नियुक्ति भएदेखि नैं टिकाराम राई दिनरात नभनी संस्थानलाई कर्पोरेट शैलीमा विकाश गर्न निरन्तर लागिरहेका छन् । तर संस्थानलाई आत्मनिर्भरमा उभ्याउन खोजेको, संस्थानको रकम कागज खरिदमा हिनामिना हुन नदिएको, कामचोर प्रबृत्तिका कर्मचारीलाई समयसँगै पथ परेजमा ल्याउन खोजेको सञ्चारमन्त्री समेत रहेका अर्थमन्त्री युवराज खतिवडालाई मन परेको छैन र गलत सल्लाहकारले कान फुकिदिएकोमा सही थाप्दै राईलाई बर्खास्त गर्ने तयारी गरिरहेको श्रोतले झिल्कोलाई बतायो ।

 

संस्थानमा आमूल सुधारको नेतृत्व गरिरहेका विज्ञ सल्लाहकार टीकाराम राईलाई तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले व्यवस्थापन, प्रिन्टिङ र अर्थ हेर्ने गरी डेढ वर्षअघि विज्ञ सल्लाहकार नियुक्त गरेका हुन् । त्यसयता राईले गोरखापत्रलाई नीजि क्षेत्रका सञ्चार प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्ने गरी ‘कार्पोरेट’ शैलीमा सुधार गरिरहेका थिए ।

संस्थानमा कोहलपुर स्टेशनका लागि प्रेस किन्न राईको पहलमा बजेट माग गरिएको थियो। अर्थमन्त्री खतिवडाले त्यसका लागि आवश्यक ८ करोड बजेट नछुट्टयाएपछि राईले विरोध जनाएका थिए। त्यहीँदेखि मन्त्री खतिवडा राईसँग असन्तुष्ट बनेको र उनलाई हटाउने तयारीमा लागेको श्रोतको दावी छ । यद्यपी गोरखापत्रको आन्तरिक श्रोतबाट कोहलपुरमा प्रेस मेसिन किन्ने आन्तरिक तयारी भइरहेको जनाइएको छ । मन्त्रीको यस्तो हर्कतलाई हिँड्ने गोरुको पुच्छर निमोठ्ने कार्य भन्दै संस्थानका एक अधिकारीले मन्त्रीप्रति ब्यंग्य गरे ।

संस्थानमा कोहलपुर स्टेशनका लागि प्रेस किन्न राईको पहलमा बजेट माग गरिएको थियो। अर्थमन्त्री खतिवडाले त्यसका लागि आवश्यक ८ करोड बजेट नछुट्टयाएपछि राईले विरोध जनाएका थिए। त्यहीँदेखि मन्त्री खतिवडा राईसँग असन्तुष्ट बनेको र उनलाई हटाउने तयारीमा लागेको श्रोतको दावी छ ।

संस्थानको महाप्रवन्धक वसन्तप्रकाश उपाध्ययले कागज खरिदमा आर्थिक हिनामिना गरेदेखि नै उनको अधिकार कटौती गरी राईलाई प्रत्यायोजन गरिएको छ । हाल संस्थानको महाप्रवन्धक उपाध्ययलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

निडर, र हक्की स्वभावका राई कसैको चाकडी चाप्लुसी नगर्ने स्वभावका छन् । राईले विराटनगर र कोहलपुरबाट गोरखापत्रको क्षेत्रीय संस्करण प्रकाशन सुरु गर्ने, पत्रिकाको वितरण व्यवस्थित गर्ने, कर्मचारी र पत्रकारको व्यवस्थापन गरी सबैले आफ्नो अफिस समयमा काम गर्नै पर्ने व्यवस्था मिलाएका थिए। गोरखापत्र मुख्यतः राजनीतिक कार्यकर्ता नियुक्ति गर्ने एउटा केन्द्र बन्दै आएको छ, जहाँ जागिर सुरु गरेपछि धेरैले राम्रोसँग काम गर्दैनन्।

संस्थानको महाप्रवन्धक वसन्तप्रकाश उपाध्ययले कागज खरिदमा आर्थिक हिनामिना गरेदेखि नै उनको अधिकार कटौती गरी राईलाई प्रत्यायोजन गरिएको छ । हाल संस्थानको महाप्रवन्धक उपाध्ययलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

राईलाई मन्त्री खतिवडाले हटाउने हल्ला यतिबेला आम पत्रकारहरुमाझ भुसको आगो झै सल्किदै गएको छ । पत्रकार बृत्तमा भने राईले संस्थानको हितमा काम गरिरहेकाले उनलाई हटाउन नहुने तर्क गरेका छन् ।

राजनीति भन्दा पनि जागिरे प्रबृत्तिका मन्त्री खतिवडाले संस्थानको लागि हित हुने काम गर्लान् कि आफ्नो ब्यक्तिगत हित हुने काम गर्लान्, त्यो भने हेर्न बाँकी छ ।


क्याटेगोरी : बिचार, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस