Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकाठमाडौंका सिडिओ जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौंका सिडिओ जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि


काठमाडौं, १३ कार्तिक ।काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

दाहाललाई केहीदिन यता टाउको दुखेपछि पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा आज रिपोर्ट पोजेटिभ देखिएको हो।

काठमाडौं जिल्लाका सिडियोलाई कोरोना संक्रमण देखिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले पुष्टि गरेका छन् । यसअघि दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएकाले होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिइसकेका छन्।

उनलाई अहिले कोरोना संक्रमणका अन्य लक्षणहरु भने देखिएको छैन ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!