Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेशप्रदेश २सिरहामा कटुवा पेस्तौलसहित दुई युवक पक्राउ

सिरहामा कटुवा पेस्तौलसहित दुई युवक पक्राउ


सिरहा, १३ कार्तिक । सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरबाट प्रहरीले कटुवा पेस्तौल र लागुऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका २ बन्दिपुरबजारबाट कटुवा पेस्तौल र लागुऔषधसहित स्थानीय २२ बर्षीय डिम्पल यादव र २२ बर्षीय प्रेमनाथ यादवलाई पक्राउ गरेको हो ।

स.७ प.२५५३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्ने क्रममा डिम्पलको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक थान गोली तथा नाईट्रोभेट ट्याब्लेट ६ पिस बरामद् भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सो कार्यमा प्रेमनाथको समेत संलग्नता रहेको पाईएपछि उनलाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश २


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!