Techie IT
  • २०८१ वैशाख १२, बुधबार

काठमाडौंको सतुङ्गलमा चप्पल कारखानामा आगलागी


काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेको चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेको मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएको हो ।

आगलागीबाट झन्डै ९३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, गए राति नै काठमाण्डौ महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा आगलागी भएको छ ।  खाना पकाउने क्रममा अचानक ग्यास लिक भइ आगलागी हुँदा झन्डै १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट