तुलसीपुरमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् ।
आज दिउँसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३९ वर्षीय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४३ वर्षीया रिता लामिछाने रहेकी छन् । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासी खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । त्यस्तै त्यसै ठाउँ बस्ने ४५ वर्षिय वीरबहादुर हमाल र अन्दाजी ६५ वर्षिया कमला कुमारी हमाल गम्भीर घाइते भएका छन्
घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ ।
खुकुरी प्रहार गर्नु पर्नाको कारण भने अहिले खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको तुलसीपुर प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस