Techie IT
  • २०८० मंसिर २४, आइतबार

मुगुको गमगढी बजार आगलागी : एउटा टहरोसहित सात वटा घर जलेर नष्ट


काठमाडौं । मुगुको जिल्ला सदरमुकाम गमगढीमा गएराति आगलागी हुँदा एउटा टहरोसहित सात वटा घर जलेर नष्ट भएका छन् ।

गएराति साढे १ बजेतिर शुरु भएको आगो बिहान चार बजे निभाइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

आगलागीबाट ६ वटा घर र एउटा टहरो जलेको र एउटा घरमा दाजुभाइको परिवार छुटाछुटै बस्दै आएकाले आठ परिवारको घर जलेर नष्ट भएको डीएसपी थापाले बताए ।

आगलागीबाट मानवीय क्षति नभएको तर नौ वटा विभिन्न पसलसहित ग्यासलगायतको गोदाममा क्षति पुगेको उनले बताए। क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

आगलागीको कारण थाहा भएको छैन । गएको असोजमा पनि गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए । गमगढीमा पटक-पटक आगलागी हुँदै आएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट